कुवा संरक्षण चारकुनेवासी « Khabarhub

कुवा संरक्षण चारकुनेवासी


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण र जगेर्नामा लागेका छन् । 

वर्षौंदेखि गाउँको मुख्य खानेपानी स्रोतका रूपमा रहेको पड्के पानी कुवा मर्मत एवं संरक्षण कार्यमा स्थानीयले सामूहिक श्रमदान गरेका हुन् । 

कुवाको सरसफाइ, मर्मतसम्भार तथा वरपरको वातावरण संरक्षणका लागि स्थानीयले सामूहिक रुपमा पाँच दिनसम्म श्रमदान गरेका पड्के पानी कुवा मर्मत एवं संरक्षण समितिका अध्यक्ष एसबी नेपालीले जानकारी दिए । 

उनका अनुसार गाउँका ज्येष्ठ नागरिकदेखि युवा र महिलासम्मको सक्रिय सहभागिताले संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको छ । पछिल्लो समय समुदायमा गरिने विकास निर्माण तथा सरसफाइलगायतका कार्यमा स्थानीयवासीले सक्रियता देखाउँदै आएका छन् । 

कुवाको पानी स्वच्छ र सुरक्षित राख्न नियमित सरसफाइ, घेराबार निर्माण तथा फोहर व्यवस्थापनमा विशेष ध्यान दिइएको चारकुने टोल विकास संस्थाकी अध्यक्ष भगवती पण्डितले बताइन् । 

पानी चिसो र मिठो भएकाले करिब दुई किमी दूरीमा रहेको सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको इतिहास सुनाउँदै उनले भनिन्, ‘गत वर्षको बाढीले कुवामा क्षति बनाएपछि यस वर्ष कुवालाई संरक्षण गर्दै धारा निर्माण कार्य थालिएको हो ।’

व्यास नगरपालिकाले यस वर्ष कुवा मर्मत एवं संरक्षणका लागि ७५ हजार रुपैयाँ बजेट विनियोजन गरे पनि उक्त रकमले निर्माण सम्पन्न गर्न चुनौती भएपछि स्थानीयवासी श्रमदानमा जुटेका हुन् । 

प्राकृतिक पानीका स्रोतको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धनमा नगरपालिकाले प्राथमिकता दिँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । 

कुवाको संरक्षणसँगै स्वच्छ खानेपानीको सुनिश्चितता हुने र आगामी पुस्ताका लागि पनि स्रोत सुरक्षित रहने स्थानीयको विश्वास छ । उक्त टोलमा हाल ६० घरपरिवार रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १२ : ०४ बजे

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप