नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो « Khabarhub

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।  

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले सरकारको सय दिने कार्यकाल र शिक्षा क्षेत्रको समीक्षा सार्वजनिक गर्दै एकै पटक १५ वटा विश्वविद्यालय सम्बन्धी ऐन ल्याएर सरकारले शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन गरेको आरोप लगाएको हो ।

शिक्षा सेवा आयोगको प्रतिवेदनमा ’बोर्ड अफ ट्रष्टी’ बनाएर उपकुलपति नियुक्त गर्ने भनिए पनि, कुनै ’बोर्ड अफ ट्रष्टी’ नबनाई सिधै प्रधानमन्त्री मातहत रहने गरी भागबण्डा र राजनीतिक नियुक्तिको दोहोरो मापदण्ड अपनाइएको नेविसंघको ठहर छ ।

नेविसंघकी अध्यक्ष करुणा कटुवालले शिक्षा क्षेत्रमा गरेको हस्तक्षेपका कारण सरकारको सय दिन ‘अवसर गुम्ने १०० दिन’ का रूपमा साबित हुन पुगेको बताइन् । 

उनले अध्ययन बिदामा बसेर राज्यलाई नोक्सानी पुराएका त्रिभुवन विश्वविद्यालयका ३९८ जना प्राध्यापकहरूलाई कानुनी दायरामा ल्याएर १३ करोड २६ लाख रुपैयाँ रकम फिर्ता गराउने कामको प्रशंसा गरिन् ।

तर विद्यार्थीको मौलिक हक, शिक्षा समता शुल्क लगायतका क्षेत्रमा सरकार चूकेको उनको भनाइ छ ।  

उनले ६० वा ४० दिनभित्र नतिजा प्रकाशन गर्ने सरकारको क्यालेन्डर प्रशंसनीय भए पनि हतारमा नतिजा निकाल्दा धेरै संख्यामा विद्यार्थीहरूको ग्रेडमा त्रुटि हुन पुगेको उल्लेख गरिन्। 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १ : ०६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट