श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन « Khabarhub

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिलाई खारेज गर्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता, र धर्मनिरपेक्षता माथि खेलबाड गरिए वा प्रदेश खारेज गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने चेतावनी दिए । 

उनले संविधान संशोधन गर्ने नै हो भने महिलाहरूको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने धारणा राखे ।

 संविधान संशोधनले पिछडिएका र उत्पीडित समुदायको अधिकारलाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ । राईले लोकतन्त्रमाथि प्रहार गरिए सिंहदरबारका विरुद्ध पुनः विद्रोह हुने चेतावनी समेत दिए । 

सिंहदरबारले आफ्नो हितमा काम गरेको अनुभूति जनताले गर्न नपाएका कारण नै विगत २००७ सालदेखि हालसम्म निरन्तर विद्रोह हुँदै आएको उनको भनाइ छ । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : १९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री