कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग « Khabarhub

कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली राजमार्गमा दैनिक जसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिए ।
 
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतदेखि कालीकोट जाँदै गरेको यात्रुवाहक गाडी दैलेख खण्डमा कर्णाली नदीमा दुर्घटना भई बेपत्ता भएको पाँच दिन भइसक्दा पनि यकिन तथ्य आउन नसक्नु विडम्बना भएको बताइन् । 

‘यो दुर्घटना हाम्रा लागि नयाँ होइन, दिनहुँजसो कर्णालीका सडकमा रगत बगिरहेका छन्’, उनले भनिन्, ‘आज कर्णालीका सडक ‘सडक रहेनन्’, हरेक पटक यात्रा गर्दा नागरिकले आफ्नो ज्यान हत्केलामा राख्नुपर्ने, यो कस्तो विवशता हो ?’
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एशुदाकुमारी बरालले कर्णालीका राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । 

कांग्रेसका खड्ग शाहीले कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडीको खोजीसम्बन्धी पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा दैनिक दुर्घटनाको सङ्ख्या बढ्दै गइरहेका चिन्ता व्यक्त गर्दै उक्त राजमार्ग सडकको मापदण्डभित्र रहे/नरहेका बारेमा छानबिन गर्न माग गरे।
 
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्र ०२–००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । उक्त यात्रुवाहक गाडी हालसम्म भेटिएको छैन ।
 
सोही पार्टीका अङ्किता ठाकुरले केही दिनअघि घुमफिरमा निस्केका सप्तरीको राजविराजका २९ वर्षीय नवरतन साहको ललितपुरको लाकुरीभञ्ज्याङ नजिकै दुर्घटनामा परी ज्यान गएको जानकारी गराउँदै बर्खायाममा यात्रा वा भ्रमणको योजना बनाउँदा मौसम, सडकको अवस्था र सम्भावित जोखिम  तथा परिवारको सल्लाहलाई ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ३७ बजे

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप