नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय  « Khabarhub

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी सूचना र अफवाह फैलिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था देखिएको छैन । 

साथै, अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले समेत हान्टाभाइरससँग सम्बन्धित कुनै घटनाले सार्वजनिक स्वास्थ्यमा जोखिम सिर्जना गरेको जानकारी नदिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, अफवाह वा भ्रमपूर्ण सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्यसम्बन्धी जानकारीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा अन्य आधिकारिक र विश्वसनीय स्रोतबाट जारी हुने सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले गलत सूचना फैलाउने, शेयर गर्ने वा त्यसलाई बढावा दिने कार्यले अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार ढंगले सूचना आदानप्रदान गर्न आग्रह गरेका छन् । 

मन्त्रालयले कुनै पनि नयाँ स्वास्थ्य जोखिम देखा परेमा आधिकारिक माध्यममार्फत समयमै जानकारी गराइने जनाएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ५८ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले