नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय  « Khabarhub

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी सूचना र अफवाह फैलिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था देखिएको छैन । 

साथै, अन्तर्राष्ट्रिय स्तरमा निगरानी गरिरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले समेत हान्टाभाइरससँग सम्बन्धित कुनै घटनाले सार्वजनिक स्वास्थ्यमा जोखिम सिर्जना गरेको जानकारी नदिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना, अफवाह वा भ्रमपूर्ण सामग्रीको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्यसम्बन्धी जानकारीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा अन्य आधिकारिक र विश्वसनीय स्रोतबाट जारी हुने सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले गलत सूचना फैलाउने, शेयर गर्ने वा त्यसलाई बढावा दिने कार्यले अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले जिम्मेवार ढंगले सूचना आदानप्रदान गर्न आग्रह गरेका छन् । 

मन्त्रालयले कुनै पनि नयाँ स्वास्थ्य जोखिम देखा परेमा आधिकारिक माध्यममार्फत समयमै जानकारी गराइने जनाएको छ ।
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ५८ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६