प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे « Khabarhub

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् । संसद्लाई सम्बोधन गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री भएलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन र करोडभन्दा बढी बैंक मौज्दात देखिएको भन्दै त्यसको कानुनी स्रोत स्पष्ट हुनुपर्ने माग गरे । विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नै नभएको बताउने प्रधानमन्त्रीसँग त्यत्रो सम्पत्ति कहाँबाट आयो भनी जनताले प्रश्न गरिरहेको उनको भनाइ थियो।

विपक्षी दलको मुख्य चासो भ्रष्टाचार नियन्त्रणमा रहेको उल्लेख गर्दै नेता आङ्देम्बेले प्रधानमन्त्री शाहलाई सम्पत्ति छानबिनको चुनौती समेत दिए । प्रधानमन्त्रीले अरूको मात्र नभई आफ्नै सम्पत्तिबाट छानबिनको सुरुवात गर्नुपर्ने उनले बताए । नेता आङ्देम्बेले भ्रष्टाचारविरुद्धको अभियानलाई निष्पक्ष र अर्थपूर्ण बनाउनका लागि सर्वप्रथम आफू र प्रधानमन्त्री बालेन्द्र शाहकै सम्पत्तिबाट अनुसन्धान थाल्न प्रस्ताव गरे ।

उनले पाँचथरमा रहेको आफ्नो पाखोबारी र सम्पत्तिको छानबिन गर्न सरकारलाई खुला आह्वान गर्दै प्रधानमन्त्रीको दुई सय तोला सुनको पनि पारदर्शी अनुसन्धान हुनुपर्ने जिकिर गरे । आफूमाथि छानबिन नगर्ने तर अरूमाथि मात्रै प्रश्न उठाउने परिपाटी लोकतन्त्रमा स्वीकार्य नहुने उनको तर्क थियो ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ०४ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा