निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा « Khabarhub

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार २ सय ६२ जना विपन्न तथा असहाय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण गरिएको फ्री हेल्थ पोर्टलमा हालसम्म देशभरका २ सय १८ वटा अस्पताल आबद्ध भएका छन् । 

ती अस्पतालहरूमा कुल तीन हजार २ सय ६५ वटा निःशुल्क शय्याहरू छुट्याइएको छ । 

जसको जानकारी सर्वसाधारणले घरमै बसेर अनलाइनमार्फत लिन सक्ने व्यवस्था मिलाइएको छ । 

मन्त्रालयले वीर, कान्ति बाल, ट्रमा सेन्टर, भरतपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी पाँच प्रमुख अस्पतालको सेवा प्रवाहलाई अनलाइनबाटै सुपरिवेक्षण गर्न मिल्ने गरी ‘एकीकृत ड्यासबोर्ड’ सञ्चालनमा ल्याएको छ ।

यसैगरी, स्थानीय तहसम्मकै खोप, सुरक्षित मातृत्व, परिवार योजना र पोषण जस्ता जनस्वास्थ्यका कार्यक्रमहरूको प्रगति अनुगमन गर्न छुट्टै एकीकृत स्वास्थ्य ड्यासबोर्ड पनि सञ्चालनमा आएको जानकारी मन्त्रालयले दिएको छ । 

सरकारी अस्पतालहरूमा बिरामीको चाप र उपचार प्रक्रियालाई व्यवस्थित गर्न बिरामी अभिलेख प्रणालीको विकास गरी पाँचवटा संघीय अस्पतालहरूमा पाइलटिङ सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

जी.पी. कोइराला श्वासप्रश्वास केन्द्र, पाटन अस्पताल, टेकु अस्पताल लगायतका स्वास्थ्य संस्थामा औषधि मौज्दात र मूल्यको जानकारी डिजिटल प्रणालीमार्फत दिन सुरु गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन कार्डियाक सेन्टर जस्ता अस्पतालहरूले फार्मेसी विवरण क्यूआरमार्फत हेर्न मिल्ने व्यवस्था मिलाएका छन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : २६ बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन