ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी « Khabarhub

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा मेलोनी माथितिर हेरिरहेको देखिने एक मीम पोस्ट गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका हुन्।

उनले गत महिना फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले बारम्बार आफूसँग तस्बिर खिच्ने प्रयास गरेको र संयुक्त राज्य अमेरिकाप्रतिको उनको अडानका कारण इटालीमा राजनीतिक असर परेको दाबीसमेत गरे ।

एक इटालियन टेलिभिजनसँगको अन्तर्वार्तामा पनि ट्रम्पले मेलोनीले आफूसँग धेरै पटक तस्बिर खिच्न अनुरोध गरेको दाबी गरेका थिए ।

यता प्रधानमन्त्री मेलोनीले ट्रम्पका दाबीलाई ‘पूर्ण रूपमा बनावटी’ भन्दै अस्वीकार गरे। उनले इटालीले कुनै पनि देशसँग ‘भिख माग्ने’ नीति नअपनाउने स्पष्ट पार्दै ट्रम्पको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे।

यस घटनाले दुवै नेताबीच सार्वजनिक रूपमा देखिँदै आएको मतभेदलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ४८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट