ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी « Khabarhub

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा मेलोनी माथितिर हेरिरहेको देखिने एक मीम पोस्ट गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका हुन्।

उनले गत महिना फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले बारम्बार आफूसँग तस्बिर खिच्ने प्रयास गरेको र संयुक्त राज्य अमेरिकाप्रतिको उनको अडानका कारण इटालीमा राजनीतिक असर परेको दाबीसमेत गरे ।

एक इटालियन टेलिभिजनसँगको अन्तर्वार्तामा पनि ट्रम्पले मेलोनीले आफूसँग धेरै पटक तस्बिर खिच्न अनुरोध गरेको दाबी गरेका थिए ।

यता प्रधानमन्त्री मेलोनीले ट्रम्पका दाबीलाई ‘पूर्ण रूपमा बनावटी’ भन्दै अस्वीकार गरे। उनले इटालीले कुनै पनि देशसँग ‘भिख माग्ने’ नीति नअपनाउने स्पष्ट पार्दै ट्रम्पको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे।

यस घटनाले दुवै नेताबीच सार्वजनिक रूपमा देखिँदै आएको मतभेदलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ३ : ४८ बजे

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६