सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै « Khabarhub

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।  

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात मिटर माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी दिए ।

सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वाभाविक रहेको बताए । 

हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनले बताए । 

उनले एउटै मात्र क्षेत्रमा प्रवर्द्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिए । 

त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटक भित्राउन गारो भए पनि हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । 

पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैर–सरकारी, दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : १९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२