सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै « Khabarhub

सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ ।  

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा सात मिटर माथिको हिमाल नचढी सिधै सगरमाथा चढ्न नपाइने प्रावधान राख्न लागिएको जानकारी दिए ।

सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वाभाविक रहेको बताए । 

हिमाललाई मात्र पर्यटनको मुख्य आधार बनाउनु भन्दा अन्य क्षेत्रमा पनि ध्यान दिनुपर्ने उनले बताए । 

उनले एउटै मात्र क्षेत्रमा प्रवर्द्धन गर्दा पर्यटन दिगो हुन नसक्ने भएकाले पर्यटनका विभिन्न आयामहरूमा प्रवेश गर्ने योजना ल्याइएको जानकारी दिए । 

त्यस्तै मन्त्री पौडेलले लक्ष्य अनुसार पर्यटक भित्राउन गारो भए पनि हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । 

पर्यटन प्रवर्द्धनका लागि सरकारी, निजी, गैर–सरकारी, दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : १९ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा