विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन « Khabarhub

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए। 

मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे।

मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत (चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड अवण्डामा राखिएको उनले बताए। 

मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गरे। 

मन्त्रालयले नेतृत्व पाएपछि नियम कानुनको तयारी एवं संगठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काममा लागेको उनले जानकारी दिए। युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव मागिने उनको भनाइ छ। 

मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई बजेट बढाइने अवगत गराए। 

नेपालमा हालसम्म ‘प्याटेन्ट राइट्स’ जम्मा ९० वटा मात्रै दर्ता भएको स्थितिमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्दै विज्ञानमा हुने खर्च लगानीका रुपमा रुपान्तरण हुने बताए।

 ‘विकसित देशले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गरेकाले उनीहरुले सुखको प्रतिफल पाएका छन्’, मन्त्री पुनले भने, ‘देशको समृद्धिका लागि यस क्षेत्रमा बजेट बढाउनै पर्छ । विदेशमा रहेका प्रतिभा र वैज्ञानिकलाई खोजी खोजी स्वदेशमा ल्याउनुपर्छ । यसमा हामी काम गरिरहेका छौँ ।’
 

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : २२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२