एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो « Khabarhub

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

उनले सरकारले सय दिन पुरा गर्दै गर्दा सत्ता पक्षबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति र प्रधानमन्त्रीको कार्यालयबाट सुरु गरिएको संविधान संशोधनको प्रक्रियाप्रति समेत गम्भीर असहमति रहेको धारणा राखे ।

बरालले संसदीय अभ्यासभित्र प्रतिनिधिसभा सञ्चालनको नियमावली जबरजस्ती पारित गरिएको दृश्यले सत्ताधारी दललाई गिज्याएको र यसले कानुनी राज्यको मर्यादा मिचेको आरोप लगाए।

उनले संवैधानिक आयोगहरूमाथि एकपछि अर्को हमला गरेर कानुनी राज्यमाथि नै प्रश्न खडा गराइएको, कानुनी राज्यको मान्यता विपरीत महान्यायाधिवक्ताको कार्यालयले जेन-जी आन्दोलनका अभियुक्तहरूको मुद्दा पेसी स्थगन गर्न ठाडो आदेश दिएको भन्दै आपत्ति जनाए । 

उनले बलियो अर्थतन्त्र निर्माणको आधार खडा गर्ने दाबी गरेको वर्तमान सरकार गठन भएयता  नेप्सेमा आएको गिरावटले स्थिर आर्थिक आधार बन्न नसकेको प्रस्ट पारेको तर्क गरे ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३२ बजे

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६