एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो « Khabarhub

एमाले सांसदको आरोप- सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढ्यो


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकार अलोकतान्त्रिक र अधिनायकवादी चिन्तनबाट अगाडि बढिरहेको आरोप लगाएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बरालले सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । 

उनले सरकारले सय दिन पुरा गर्दै गर्दा सत्ता पक्षबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति र प्रधानमन्त्रीको कार्यालयबाट सुरु गरिएको संविधान संशोधनको प्रक्रियाप्रति समेत गम्भीर असहमति रहेको धारणा राखे ।

बरालले संसदीय अभ्यासभित्र प्रतिनिधिसभा सञ्चालनको नियमावली जबरजस्ती पारित गरिएको दृश्यले सत्ताधारी दललाई गिज्याएको र यसले कानुनी राज्यको मर्यादा मिचेको आरोप लगाए।

उनले संवैधानिक आयोगहरूमाथि एकपछि अर्को हमला गरेर कानुनी राज्यमाथि नै प्रश्न खडा गराइएको, कानुनी राज्यको मान्यता विपरीत महान्यायाधिवक्ताको कार्यालयले जेन-जी आन्दोलनका अभियुक्तहरूको मुद्दा पेसी स्थगन गर्न ठाडो आदेश दिएको भन्दै आपत्ति जनाए । 

उनले बलियो अर्थतन्त्र निर्माणको आधार खडा गर्ने दाबी गरेको वर्तमान सरकार गठन भएयता  नेप्सेमा आएको गिरावटले स्थिर आर्थिक आधार बन्न नसकेको प्रस्ट पारेको तर्क गरे ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ४ : ३२ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा