अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना « Khabarhub

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने फिफाको निर्णयप्रति युरोपेली फुटबल महासङ्घ (युइएफए)ले कडा आलोचना गरेको छ।

फिफाको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि आएको भन्ने चर्चा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको छ। प्रतिबन्ध स्थगित भएपछि बालोगुनले सोमबार विश्वकपको अन्तिम १६ अन्तर्गत बेल्जियमविरुद्धको खेल खेल्न पाएका थिए ।

युइएफएले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फोलारिन बालोगुनलाई दिइएको रातो कार्डपछि स्वतः लागू हुने एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने निर्णयले स्वीकार्य सीमाभन्दा बाहिर गएको छ।’

महासङ्घले फुटबल निष्पक्ष, इमानदार र पारदर्शी नियममा आधारित खेल भएकाले यस प्रकारको निर्णयले खेलको विश्वसनीयतामाथि प्रश्न उठाउने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो, किनभने यो विश्वभर एउटै नियमअनुसार खेलिने खेल हो भन्ने विश्वास गरिन्छ। कहिलेकाहीँ नियमको व्याख्या गर्न सकिन्छ, तर यो घटनामा त्यसको कुनै आधार देखिँदैन।’

युइएफएले विश्वकपमा भएको यस्तो निर्णयले समग्र फुटबलमा सकारात्मक वा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी पनि दिएको छ।

महासङ्घले भनेको छ, ‘कुनै पनि प्रतियोगिता पूर्ण रूपमा अलग हुँदैन। यदि विश्वकपजस्तो प्रतियोगितामा यस्तो प्रश्न उठ्छ भने त्यसको प्रभाव समग्र फुटबलमा पर्न सक्छ। हामी यो अभूतपूर्व, अकल्पनीय र अस्वीकार्य निर्णयप्रति आश्चर्य र असन्तुष्टि व्यक्त गर्दछौँ।’

बालोगुनले यस विश्वकपमा तीन गोल गरिसक्नुभएको छ। बोस्निया–हर्जेगोभिनाविरुद्धको समूह चरणको खेलमा अमेरिकाले २–० को जित निकाल्दा भिडियो सहायक रेफ्री (भिएआर)को समीक्षा पछि प्रतिद्वन्द्वी खेलाडीको खुट्टामा टेकेको भन्दै उहाँलाई सिधै रातो कार्ड देखाइएको थियो।

फिफा नियमअनुसार सिधा रातो कार्ड पाएपछि सम्बन्धित खेलाडी स्वतः एक खेलका लागि निलम्बित हुन्छ।

यस विषयमा जानकारी भएका दुई स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग बालोगुनमाथिको कारबाही पुनरावलोकन गर्न आग्रह गर्नुभएको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सार्वजनिक रूपमा रातो कार्ड खारेज गर्न माग गरेका थिए।

फिफाको अनुशासन समितिले प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको हो। फिफाले आइतबार उक्त निर्णय सार्वजनिक गरे पनि त्यसको स्पष्ट कारण खुलाएको थिएन।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘फिफालाई धन्यवाद, जसले सही काम गर्‍यो र ठूलो अन्याय सच्यायो।’

यता बेल्जियमको टोलीले भने यस निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : ५० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२