५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा « Khabarhub

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

विसं २०२९ मा निर्माण सुरु भएको यो सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने विसं २०५२ मा कालोपत्रको काम सुरु गरिएको थियो। तर हालसम्म सडकको स्तरोन्नति सम्पन्न हुन नसक्दा वर्षायाममा हिलो र घाम लाग्दा धुलोका कारण यात्रा अत्यन्तै कठिन हुने गरेको स्थानीयको गुनासो छ।

लमजुङ र तनहुँ जोड्ने यस सडकलाई दुई लेनमा विस्तार गर्न स्थानीयले पटकपटक माग गरे पनि कामले गति लिन सकेको छैन। निर्माण कम्पनीले वर्षायाममै सडकमा निर्माण सामग्री जथाभावी थुपारेकाले यात्रु र सवारीसाधन आवतजावतमा थप समस्या उत्पन्न भएको छ।

यात्रु सरिता गुरुङका अनुसार पानी पर्दा सडक हिलोले भरिन्छ भने घाम लाग्दा धुलोका कारण अगाडि देख्नै गाह्रो हुने अवस्था छ। सवारी चालक नारायण घिमिरेले पनि वर्षायाममा यस सडकमा यात्रा गर्नु निकै जोखिमपूर्ण हुने बताए।

पछिल्लो समय जनदबाबपछि डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजागरसम्मको करिब ८.९ किलोमिटर सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।

डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार पिके निर्माण सेवा काठमाडौंसँग विसं २०८२ जेठभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि हालसम्म काम पूरा हुन सकेको छैन। आयोजनाको लागत करिब रु ७२ करोड रहेको छ, जसका लागि सङ्घीय सरकारले बजेट उपलब्ध गराएको थियो।

डुम्रे–बेँसीसहर सडक लमजुङ, मनाङ तथा आसपासका जिल्लालाई जोड्ने प्रमुख मार्ग हो। यही सडक हुँदै अन्नपूर्ण पदमार्गतर्फ जाने आन्तरिक तथा विदेशी पर्यटकसमेत बेँसीसहर भएर यात्रा गर्ने भएकाले यसको स्तरोन्नति स्थानीयवासीसँगै पर्यटन क्षेत्रका लागि पनि महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ६ : २२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री