सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड « Khabarhub

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद अस्पताल तथा अस्पताल अन्तर्गत सञ्चालित वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी छिन् ।

निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालबाट प्रदान हुँदै आएको आयुर्वेद उपचार ,योग तथा प्राकृतिक चिकित्सा सेवा, औषधि उत्पादन, भण्डारण, प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी हुन् । नागरिकले गुणस्तरीय,सहज र भरपर्दो आयुर्वेद सेवा पाउने वातावरण सुनिश्चित गर्न सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उनले सम्बन्धित अधिकारीसँग आग्रह गरेकी छिन् ।

सरकारी वैद्यखानाले नेपालमै उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री मेहताले उत्पादन क्षमता वृद्धि गरी सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने बताइन् । उनले नेपालमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग,प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधिलाई प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालय आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ६ : ४३ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ