गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव « Khabarhub

गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- गाजाको प्रशासनिक जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजामा रहेका सबै हतियार आफ्नो नियन्त्रणमा लिनुपर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले गरेको छ।

यो प्रस्ताव हमासले गाजामा सञ्चालन गर्दै आएको आफ्नो प्रशासनिक निकाय भङ्ग गरेको केही समयपछि सार्वजनिक भएको हो।

शान्ति समितिले सोमबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा ‘एक अधिकार, एक कानुन र एक हतियार’को सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ। समितिका अनुसार गाजाका सबै हतियार गाजा प्रशासन राष्ट्रिय समिति (एनसीएजी) को नियन्त्रणमा केन्द्रित गरिनुपर्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ अक्टोबरमा गाजा युद्धविरामको मध्यस्थता गरेपछि स्थापना गरेको शान्ति समितिले गठन गरेको गाजा प्रशासन राष्ट्रिय समितिले हाल कायरोमा रहेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : २५ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ