गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव « Khabarhub

गाजाका सबै हतियार प्राविधिक समितिको नियन्त्रणमा ल्याउन शान्ति समितिको प्रस्ताव


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम- गाजाको प्रशासनिक जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजामा रहेका सबै हतियार आफ्नो नियन्त्रणमा लिनुपर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले गरेको छ।

यो प्रस्ताव हमासले गाजामा सञ्चालन गर्दै आएको आफ्नो प्रशासनिक निकाय भङ्ग गरेको केही समयपछि सार्वजनिक भएको हो।

शान्ति समितिले सोमबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा ‘एक अधिकार, एक कानुन र एक हतियार’को सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ। समितिका अनुसार गाजाका सबै हतियार गाजा प्रशासन राष्ट्रिय समिति (एनसीएजी) को नियन्त्रणमा केन्द्रित गरिनुपर्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ अक्टोबरमा गाजा युद्धविरामको मध्यस्थता गरेपछि स्थापना गरेको शान्ति समितिले गठन गरेको गाजा प्रशासन राष्ट्रिय समितिले हाल कायरोमा रहेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : २५ बजे

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।