कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ « Khabarhub

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटप्रति आलोचना हुनु स्वाभाविक रहेको बताउँदै यसपटकको बजेटले प्रदेशवासीको मन छुने विश्वास व्यक्त गरे। उनले बजेटमा देखिएका त्रुटि कार्यान्वयनअघि नै सच्याइने प्रतिबद्धता पनि जनाए ।

भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत वृद्धि नगरी विकासका योजना मात्र थप्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भएको बताए। मन्त्रालयले प्राथमिकताका आधारमा झोलुङ्गे पुल र सडक आयोजनाको छनोट गरेको उनको भनाइ थियो।

त्यस्तै, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नले सरकारलाई थप जवाफदेही बन्न प्रेरित गरेको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : ३५ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३