थप २४८ जना सहकारीपीडितले पाए रकम « Khabarhub

थप २४८ जना सहकारीपीडितले पाए रकम


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार सो सहकारीका २४८ जनाले बचत फिर्ता पाएका हुन् । हालसम्म उक्त सहकारीका एक हजार ११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमशः अन्य बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : ५७ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६