फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक « Khabarhub

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका नेतृत्व फेरिएका छन् ।

भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । सो विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ ।

त्यस्तै, विभागकै उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यता, आन्तरिक राजस्व विभागको महानिर्देशक पनि फेरेर डा. भीष्मकुमार भुसाललाई महानिर्देशकको जिम्मेवारी दिएको छ । हालका महानिर्देशक रमेश अर्यालको अर्थ मन्त्रालय बाहिर सरुवा भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका हुन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १० : ०० बजे

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’