फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक « Khabarhub

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका नेतृत्व फेरिएका छन् ।

भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । सो विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा भएको छ ।

त्यस्तै, विभागकै उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यता, आन्तरिक राजस्व विभागको महानिर्देशक पनि फेरेर डा. भीष्मकुमार भुसाललाई महानिर्देशकको जिम्मेवारी दिएको छ । हालका महानिर्देशक रमेश अर्यालको अर्थ मन्त्रालय बाहिर सरुवा भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट अर्थमा सरुवा भएर आएका हुन् ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १० : ०० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६