रक्षा सम्बन्धलाई अझ मजबुत बनाउन भारत र मलेसिया सहमत « Khabarhub

रक्षा सम्बन्धलाई अझ मजबुत बनाउन भारत र मलेसिया सहमत


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्विपक्षीय रक्षा सम्बन्धलाई अझ मजबुत बनाउन भारत र मलेसिया सहमत भएका छन् । दुवै देश सैन्य तालिम, समुद्री सुरक्षा, साइबर सुरक्षा र रक्षा प्रविधिको क्षेत्रमा आपसी सहयोग बढाउन सहमत भएका हुन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न सैन्य सहयोगसम्बन्धी १२औँ भारत–मलेसिया उपसमिति बैठक (एससीएमसी) मा यो प्रतिबद्धता जनाइएको हो । क्वालालम्पुरस्थित भारतीय राजदूतावासका अनुसार बैठकमा दुवै पक्षले द्विपक्षीय रक्षा सहयोगका समग्र आयामहरूको समीक्षा गरेका थिए । उक्त बैठकको सह–अध्यक्षता भारतको रक्षा मन्त्रालयका सहसचिव अमिताभ प्रसाद र मलेसियाली सशस्त्र बलका रक्षा परिचालन तथा तालिम सहायक प्रमुख मेजर जनरल आमेर महमुद अब्दुल रहमानले गरेका थिए ।

बैठकमा दुवै देशले सैनिक आदानप्रदान, द्विपक्षीय अभ्यास, क्षमता अभिवृद्धि र समुद्री सहयोगका क्षेत्रमा भइरहेको प्रगतिप्रति सन्तोष व्यक्त गरे । आगामी दिनमा व्यावसायिक आदानप्रदानलाई व्यापक बनाउने, सैन्य तालिम कार्यक्रममा सहभागिता बढाउने तथा रक्षा उद्योग, साइबर सुरक्षा, मानवीय सहायता र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा मिलेर काम गर्ने सहमति समेत भएको छ ।

यसका साथै दुवै देशले अन्तर्राष्ट्रिय कानुन अनुरूप हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रमा शान्ति, स्थिरता, सुरक्षा र नौवहन स्वतन्त्रता कायम राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

भारत र मलेसियाबिचको यो उपसमिति बैठक दुई देशको सेनाबिच परामर्श गर्ने प्रमुख संयन्त्र हो । यसले रक्षा सचिव स्तरमा हुने भारत–मलेसिया रक्षा सहयोग बैठकको आधार तय गर्ने गर्दछ ।

यसैबिच, दुवै देशका नौसेना अधिकारीहरूबिच ११औँ वार्ता पनि सोही दिन सम्पन्न भएको छ । भारतीय नौसेनाका रियर एडमिरल श्रीनिवास मड्डुला र मलेसियाली नौसेनाका रियर एडमिरल दातुक पहलिवान मोहम्मद फाजली कमल मोहम्मद मोहाल्दिनले सो वार्ताको सह–अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ५ : २५ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको