इरानविरुद्धको युद्ध चाँडै सकिने ट्रम्पको दाबी « Khabarhub

इरानविरुद्धको युद्ध चाँडै सकिने ट्रम्पको दाबी

अमेरिका, इरान र ओमानबिच सहमति नजिक


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी युद्ध ‘निकै चाँडै’ अन्त्य हुने बताएका छन् ।

ऊर्जाको मूल्यवृद्धिबारे सोधिएका प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले यो युद्ध धेरै लामो समयसम्म जारी रहन नसक्ने बताएका हुन्।

यसैबिच मध्यपूर्वको अति संवेदनशील मानिने होर्मुज लाई पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिका, इरान र ओमान एउटा अस्थायी सहमतिको नजिक पुगेका छन्।

यस सहमतिले मध्यपूर्वमा जारी उच्च तनावलाई कम गर्न र विश्वव्यापी ऊर्जा संकटमा केही राहत पुर्‍याउन सक्ने आकलन गरिएको छ।

यता अमेरिकाको मध्यस्थतामा रोममा जारी युद्धविराम वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला इजरायली सेनाले लगातार दोस्रो दिन पनि दक्षिण लेबनानमा तीव्र हवाई हमला जारी राखेको छ।

मजदेल जुन नजिकै भएको विष्फोटमा दुई इजरायली सैनिकको मृत्यु भएपछि इजरायली सेनाले मन्सूरी शहरलाई लक्षित गरी आक्रमण थपेको हो।

लगातारका आक्रमणबाट घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारण पुनः विस्थापित हुन बाध्य भएका छन्। इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन भएकाले त्यसको जवाफमा सैन्य कारबाही गरिएको दाबी गरेको छ। यद्यपि, दुई सैनिक मारिएको विष्फोटको जिम्मेवारी हिज्बुल्लाहले हालसम्म लिएको छैन।

रोममा भइरहेको कूटनीतिक प्रयासमा खासै प्रगति हुन सकेको छैन। इजरायलले दक्षिण लेबनानबाट आफ्ना सैनिक पूर्ण रूपमा फिर्ता बोलाउनुअघि हिज्बुल्लाहको पूर्ण निशस्त्रीकरण हुनुपर्ने अडान राखेका कारण वार्ता अझै अनिर्णित बनेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : १९ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र