मनसुनको प्रभाव कायमै, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह « Khabarhub

मनसुनको प्रभाव कायमै, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। साथै, हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्ता मौसमी गतिविधिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ६ : २० बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा