नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत « Khabarhub

नेपाल गुणस्तर परिषद्को बैठक : विभिन्न गुणस्तर मापदण्ड स्वीकृत


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल गुणस्तर परिषद्को ११औँ बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डका मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरको मापदण्ड स्वीकृत गरेको हो । बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता रहेको थियो ।

परिषद्ले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यसैगरी, रबरको कठोरता परीक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड स्वीकृत गरिएको छ ।

यस्तै, रबर तथा थर्मो प्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी मापदण्डलाई पनि बैठकले अनुमोदन गरेको छ । परिषद्का अनुसार गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार बनाउने उद्देश्यले बैठकले उक्त निर्णय गरेको हो ।

स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर अभिवृद्धि, परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

त्यस्तै, गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा पनि आवश्यक निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ७ : ०४ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार