कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले  « Khabarhub

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।

साउन २० गते मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा डा. कोइरालाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकस्थित विपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारप्रति आभार व्यक्त गरेका छन्। तर, सीमित स्रोत–साधन भएको राज्यले अभाव र वञ्चनामा रहेका नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने भएकाले उक्त बजेट आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने उल्लेख गरेका छन्।

पत्रमा उनले गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कोइराला निवासमा आगजनी हुँदा शताब्दीअघि कृष्णप्रसाद कोइरालाले निर्माण गरेको ऐतिहासिक भवन भौतिक रूपमा नष्ट भएको स्मरण गरेका छन्। उनका अनुसार उक्त भवन केवल एउटा घर नभई नेपालको लोकतान्त्रिक आन्दोलन, राजनीतिक चेतना र सामाजिक रूपान्तरणको ऐतिहासिक केन्द्र थियो।

डा. कोइरालाले कृष्णप्रसाद कोइरालाले शैक्षिक जागरणबाट सुरु गरेको समाज रूपान्तरणको अभियानलाई विपी कोइरालाको नेतृत्वमा सम्पूर्ण कोइराला परिवारको समर्पण र सहयोगले राष्ट्रिय लोकतान्त्रिक आन्दोलनमा रूपान्तरण गरेको उल्लेख गरेका छन्। उनले कोइराला निवास नेपाली जनताको भरोसा, विश्वास र सामूहिक चेतनाको धरोहर भएको बताएका छन्।

पत्रमा उनले विपी कोइरालाले जीवनभर नेपाली जनताको गाँस, बास र कपासका लागि संघर्ष गरेको उल्लेख गर्दै सरकारका स्रोत र साधन त्यही आदर्शअनुसार आम नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनु नै विपी कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरेका छन्।

डा. कोइरालाले कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याइएको २ करोड रुपैयाँ अन्य आवश्यक सार्वजनिक तथा जनहितका क्षेत्रमा खर्च गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ११ : २४ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले