प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस « Khabarhub

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको फिल्म ‘मास्टर्नी’बारे रोचक कुरा खुलेको छ ।

यो फिल्मको निर्देशन भारतीय सुवेन्दु घोषले गर्ने जानकारी गराइएको थियो । प्रचार सामाग्रीमा पनि निर्देशनको नाम घोष नै राखिएको छ ।

फिल्मको सुटिङ सकाएर घोष भारत लागे । उतै पोस्ट प्रोडक्सनको काम पनि भयो । प्रियंकाको अनुसार पोस्टको काम घोषकै उपस्थितिमा भएको छ ।

तर, रोचक कुरा चाहिँ के भने घोषको अनुपस्थितिमा आठ दिन लगाएर खिचिएको कैयन् दृश्य फिल्ममा राखिएको खबर छ । यो कुरा नायिका प्रियंका पनि स्वीकार गर्छिन् ।

घोषको अनुपस्थितिमा सिमोस सुनुवारले निर्देशनकको जिम्मेवारी लिएका थिए ।

यसबारेमा प्रियंकाले स्पष्ट पार्दै प्राविधिक कारणले यो अवस्था सिर्जना आएको बताइन् । फिल्म हेरेपछि केही अंश चित्त नबुझेकाले सिमोस निर्देशकको रुपमा भित्रिएको उनको स्वीकार छ ।

उनले भनिन्, ‘हाम्रो पूरा फिल्म दुई महिनाअगाडि नै सुटिङ भइसकेको थियो । हामीले निकट व्यक्तिहरूसँग बसेर फिल्म हेरेका पनि थियौं । हामीले केही अंश सुट गरेका थियौं । आठ दिनको सुटिङ भएको थियो ।’

घोषको अनुमतिमै वा उनलाई टिममै राखेर सिमोस निर्देशकका रुपमा जोडिएको उनको दाबी छ । प्रियंका थप्छिन्, ‘निर्देशकलाई आउट गराएर काम गरेको होइन । उहाँ पोस्टकै काममा हुनुहुन्थ्यो ।’

नेपाली बजारमा बिक्ने कन्टेन्टबारे भारतीय निर्देशकलाई ज्ञान नभएकाले पनि सिमोसको प्रवेश भएको उनले बताइन् ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १२ : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह