इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला « Khabarhub

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा एकसाथ ठूलो हमला गरेका छन्।

यमनका सैन्य अड्डाहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत गरिएको आक्रमणमा ५८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं अन्य घाइते भएका छन्।

यमनको रक्षा मन्त्रालयले उक्त हमलाको उचित समय र उचित स्थानमा जवाफ दिइने जनाएको छ।

उता, साउदी अरबको नजरान क्षेत्रमा भएको हमलामा ११ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये ७ जना साउदी नागरिक, १ जना यमनी, २ जना इजिप्टका, १ जना पाकिस्तानी नागरिक र ४ वर्षीय एक बालक रहेका छन्।

हमलापछि नजरानका विभिन्न क्षेत्रमा भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि दमकल र उद्धार टोली परिचालन गरिएको छ।

साउदी अरबको नजरान क्षेत्रमा आगोको ठूलो लप्का र धुवाँ टाढासम्म देखिएको जनाइएको छ। आगलागीको कारण र क्षतिको विवरणबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

यमनमा मृत्यु हुनेको संख्या ५८

हुथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा यमनमा मृत्यु हुनेको संख्या बढेर ५८ पुगेको छ। दर्जनौं सैनिक घाइते भएका छन्।

यस्तै, साउदी अरबको नजरान क्षेत्रमा भएको हमलामा ४ वर्षीय बालकसहित ११ जना सर्वसाधारण घाइते भएका छन्। हमलापछि नजरानका विभिन्न स्थानमा आगलागी भएको बताइएको छ।

इरानको समर्थनमा हुथी किन सक्रिय ?

यमनका हुथी विद्रोहीहरूको पछिल्लो हमला केवल त्यहाँको गृहयुद्धमा सीमित छैन। इरान र अमेरिका–इजरायलबीच बढ्दो तनावसँगै हुथीहरूले पनि आफ्ना आक्रमण तीव्र बनाएका छन्। यसको मुख्य कारण इरान र हुथीबीच लामो समयदेखि रहेको घनिष्ठ सम्बन्ध हो।

हुथी (अन्सार अल्लाह) यमनको शिया विद्रोही समूह हो। सन् २०१४ मा यस समूहले राजधानी सानामाथि नियन्त्रण कायम गरेको थियो। त्यसयता यो समूह यमन सरकार र साउदी नेतृत्वको गठबन्धनविरुद्ध लड्दै आएको छ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानले हुथीहरूलाई हतियार, ड्रोन र क्षेप्यास्त्र प्रविधि उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएका छन्।

अमेरिका वा इजरायलले इरानमाथि सैन्य दबाब बढाउनेबित्तिकै हुथीहरूले आफ्ना आक्रमण तीव्र बनाउने गरेका छन्। यसको उद्देश्य विपक्षी शक्तिहरूलाई एकैपटक धेरै मोर्चामा अल्झाएर इरानमाथिको दबाब कम गर्नु रहेको विश्लेषण गरिन्छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १ : ३८ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर