प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन् « Khabarhub

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल पनि भारतको भूभाग मिचेको गम्भीर र आपत्तिजनक अभिव्यक्ति दिए ।

भारतले मिचेको नेपाली भूमिमाथिको दाबीलाईसमेत अप्ठ्यारो पार्ने गरी वालेन्द्रले दिएको उक्त अभिव्यक्तिले संसद्‍देखि देशसम्मै तरंगित भयो ।

वालेन्द्रको उक्त भनाइलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितले निरन्तर सदन अवरोध गरिरहेका छन् । तर प्रधानमन्त्री वाललेन्द्र जहाँबाट आफ्नो पदको उत्पति भएको त्यसैलाई बेवास्ता अटेरी गरेर बसिरहेका छन्।

उनी संसद्मा जान तयार नै छैनन् । प्रधानमन्त्रीले सदनमा आएर त्यस भनाइबारे जवाफ दिनुपर्ने भन्दै विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले सदन घेरिरहेका छन् ।

उनीहरूले संघर्षका कार्यक्रमलाई विभिन्न रूप र चरणमा अघि बढाएका छन्। उनीहरूले सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिप्रति असन्तुष्टि जनाइरहेका छन्। प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग निरन्तर राखिरहँदा पनि सरकार संसद्लाई समेत बेवास्ता गरेर मौन बसेको छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले जेठ अन्तिमतिरै सदनमा उपस्थित भएर प्रधानमन्त्री शाहको भनाइबारे जवाफ दिए पनि चित्त नबुझेको विपक्षीको आरोप छ।

तर प्रधानमन्त्री शाह भने मासिक प्रश्नोत्तर कार्यक्रम समेत छलेर सिंहदरबारमै बसेका छन्। उनले सदनलाई प्राथमिकता दिनुपर्ने कुराको मतलब नै गरेका छैनन्। त्यहीकारण उनी सदनमा उपस्थित भएका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अरू सांसदहरू सदनमा उपस्थित हुँदा प्रधानमन्त्री शाह आफूले बोलेको उक्त गम्भीर आपत्तिजनक कुराको जवाफ नदिएर अन्तै अल्मलिइरहेका छन् ।

शुक्रबार पनि श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि जनताले कुरुकुरी भन्न थालेको जिकिरसहित कटाक्ष गरे ।

उता राप्रपाकी प्रमुखख सचेतक खुश्वु ओली लगायतका सांसदहरूले पनि प्रधानमन्त्रीले सदनमा जवाफ नदिएकाले अब उनलाई ल्याउन सरकार पक्षीय सांसदहरू नै डेलिगेशनमा जानुपर्ने सुझाव दिएका छन् ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुपर्ने अडान राखेर अवरुद्ध गरिरहेका छन्। त्यसका कारण कानुन निर्माणसहितका संसद्का मुख्य काम नै प्रभावित भएका छन् । तर सरकार भने संसद्प्रति उत्तरदायी हुनुको साटो परपर भइरहेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  २ : ५४ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई