रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस् « Khabarhub

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण दिन सरकारलाई सुझाव दिएकी छन् ।  

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले ३५ वर्षसम्म विगतका नेताहरूले के गरे भनेर प्रश्न गर्नुको साटो अब ३५ वर्षमा हुन नसकेका कामहरू गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई सुझाव दिएकी हुन् । 

उनले ग्याँस र पेट्रोलको मूल्य वृद्धि भइरहने पुरानै समस्या भएकाले सरकारले समाधानमुखी भएर विद्युतीय चुलोमा लाग्ने भन्सार र विद्युत् महसुल/भ्याट हटाउनुपर्ने उल्लेख गरिन् ।  

सरकारले स्वदेशमै युवाहरूलाई रोक्ने नीति लिने भने पनि देशमै उद्यम गरिरहेका युवाहरूलाई लक्षित गरी राइड सेयरिङ सेवामा करको भार कायम राख्नु विरोधाभासपूर्ण रहेकाले यसलाई हटाउन उनले माग गरिन् । उनले राजदूत चयनको प्रक्रिया पारदर्शी हुनुपर्ने समेत बताइन् । 

सांसद ओलीले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसदमा विरोध जारी रहने स्पष्ट पारिन् । 

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ३ : ०५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले