अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ? « Khabarhub

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको छ भन्दै प्रश्न गरेका छन् । काभ्रे कुन्दाबेँसीका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएकै कारण सुनकोशीमा हेलिएको आशंका गरिएको घटनाको प्रसंग निकाल्दै सिंहले सरकारमाथि गम्भीर प्रश्न गरेका हुन् ।

श्रीमतीलाई क्यान्सर हुँदा उपचार नहुँदा दुवैजना एकैपटक खोलामा हामफाल्नुु चानचुने कुरा भएको सिंहको भनाइ छ ।

‘कुन्दाबेँसी काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोसीमा हाम फालेको सत्य हो भन्ने यो राज्यको लागि ऐना हो। श्रीमतीलाई क्यान्सर उपचार नहुँजना एकैपटक खोलामा हाम फाल्नु चानचुने कुरा होइन,’ उनले भने, ‘गरिबले उपचार पाइरहेका छैनन्,गृहिणीले ग्यास पाइरहेका छैनन् ,युवाले रोजगार पाएका छैनन् । किसानले मल पाएका छैनन्, गाउँघरका जनताले सिटामोल पाएका छैनन् । यो राज्य संयन्त्र कसरी चलेको छ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन?’

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १० : ०५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण