स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग « Khabarhub

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन् ।  

उनीहरूले अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै लुम्बिनीमा नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरे ।

रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसँग सम्बन्धित विद्यमान व्यवस्थाका कारण निजी स्वास्थ्य संस्थाले अनावश्यक प्रशासनिक झण्झट व्यहोर्नुपरेको गुनासो गरे । 

भेटमा निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यावहारिक हुने उनीहरूको भनाइ थियो ।

अस्पतालको नवीकरणका लागि पटक–पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा असहजता सिर्जना गरेको उनीहरूले जानकारी समेत गराए । 

तिनाउ अस्पताल बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउने विषयसँगै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति लिनुपर्ने बताए ।

उनले निजी अस्पताल र स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।

भेटमा निजी अस्पताल सञ्चालकले नवनियुक्त स्वास्थ्यमन्त्री पुनलाई कार्यकालको शुभकामना दिँदै निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य गरी देखिने गरी सुधारका काम अघि बढाउन आग्रह गरेका थिए ।

उनीहरुले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने तथा निजी स्वास्थ्य संस्थाका समस्या समाधानका लागि नियमित संवादको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका थिए ।

निजी अस्पताल सञ्चालकले राखेका माग र सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल तथा सहजीकरण गर्ने बताएका थिए । 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ११ : २५ बजे

लुभुको जमिनमुनि ग्यास, पाक्छ निःशुल्कमा खाना

ललितपुर– ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग

काठमाडौं- मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका सफा

गन्यापधुरा आधारभूत अस्पताल सञ्चालन

डडेल्धुरा– डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएसँगै

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई