फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’ « Khabarhub

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ले एक करोड ५८ लाख ग्रस कलेक्सन गरेको छ ।

भदौ १२ बाट प्रदर्शनमा आएको यस फिल्मले भदौ २१ सम्म उक्त रकम बराबरको व्यापार गरेको हो ।

चलचित्र विकास बोर्डका अनुसार उक्त अवधिमा यो फिल्म हेर्नका लागि ५४ हजार भन्दा केही बढी टिकट बिक्री भएको छ ।

सुरुवाती १० दिनको कलेक्सन हेर्दा यो फिल्मको व्यापार उत्साहपूर्ण होइन । अहिले यसको शो संख्या र अकुपेन्सी दुवैमा ठूलो गिरावट आइसकेको छ ।

सुरुवाती १० दिनको घरेलु बक्स अफिसमा यो फिल्म ‘फ्लप’ बनेको हो ।

यो फिल्मले पहिलो दिन २८ लाखभन्दा बढीको व्यापार गरेको थियो । सुरुवाती दिनमै ‘माउथ पब्लिसिटी’का लागि पर्याप्त दर्शक पाउँदा पनि फिल्मको अकुपेन्सी बढेन । यसलाई ‘कन्टेन्टले दर्शक तान्न सकेन’ भन्ने कोणबाट पनि चर्चा गर्न सकिन्छ ।

‘पार्वती’बाट नीताले निर्देशनमा डेब्यू गरेकी हुन् । यो फिल्मको कथा पनि उनैको हो । अर्थात्, उनको डेब्यू निर्देशन व्यवसायिक रुपमा फ्लप भएको छ ।

स्क्रिप्ट शिवम अधिकारीले लेखेका हुन् । नीताको होम ब्यानर ‘नीता फिल्मस्’बाट बनेको यस फिल्मको निर्माता हरिहर अधिकारी हुन् । निर्माता अधिकारी र नीता श्रीमान्-श्रीमती हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ०४ बजे

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज