फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’ « Khabarhub

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ले एक करोड ५८ लाख ग्रस कलेक्सन गरेको छ ।

भदौ १२ बाट प्रदर्शनमा आएको यस फिल्मले भदौ २१ सम्म उक्त रकम बराबरको व्यापार गरेको हो ।

चलचित्र विकास बोर्डका अनुसार उक्त अवधिमा यो फिल्म हेर्नका लागि ५४ हजार भन्दा केही बढी टिकट बिक्री भएको छ ।

सुरुवाती १० दिनको कलेक्सन हेर्दा यो फिल्मको व्यापार उत्साहपूर्ण होइन । अहिले यसको शो संख्या र अकुपेन्सी दुवैमा ठूलो गिरावट आइसकेको छ ।

सुरुवाती १० दिनको घरेलु बक्स अफिसमा यो फिल्म ‘फ्लप’ बनेको हो ।

यो फिल्मले पहिलो दिन २८ लाखभन्दा बढीको व्यापार गरेको थियो । सुरुवाती दिनमै ‘माउथ पब्लिसिटी’का लागि पर्याप्त दर्शक पाउँदा पनि फिल्मको अकुपेन्सी बढेन । यसलाई ‘कन्टेन्टले दर्शक तान्न सकेन’ भन्ने कोणबाट पनि चर्चा गर्न सकिन्छ ।

‘पार्वती’बाट नीताले निर्देशनमा डेब्यू गरेकी हुन् । यो फिल्मको कथा पनि उनैको हो । अर्थात्, उनको डेब्यू निर्देशन व्यवसायिक रुपमा फ्लप भएको छ ।

स्क्रिप्ट शिवम अधिकारीले लेखेका हुन् । नीताको होम ब्यानर ‘नीता फिल्मस्’बाट बनेको यस फिल्मको निर्माता हरिहर अधिकारी हुन् । निर्माता अधिकारी र नीता श्रीमान्-श्रीमती हुन् ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  २ : ०४ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व