झापाबाट २२ हात्ती भारत तर्फ « Khabarhub

झापाबाट २२ हात्ती भारत तर्फ


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियान्ता शङ्कर लुईटेलले जानकारी दिए ।

बच्चासहितको उक्त हात्तीको हुलले बाहुनडाँगी, शान्तिनगर लगायतका आसपासका क्षेत्रमा दैनिकजसो उपद्रव गर्दै आएको थियो । 

हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहलह भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तरी–पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य थिए ।

एक महिनापछि भारतबाट आएको ठूलो हुल आफ्नै प्राकृतिक बासतर्फ फर्किएपछि स्थानीयवासीले ठूलो राहतको महसुस गरेका छन् । 

स्थानीय नीलकण्ठ तिवारीका अनुसार हात्तीको हुल फर्केपछि केही हदसम्म भए पनि स्थानीयमा त्रास कम भएको बताए । 

आज बिहान बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीयवासी पुनः त्रसित बनेका थिए । 

बिहानीपख घरआँगनमै हात्ती देखिएपछि स्थानीयहरू भागाभाग गर्न बाध्य भएका थिए ।

उक्त एक्लो हात्ती बिहान बस्तीमा घुमेको करिब चार घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको पत्रकार पुष्प बरालले जानकारी दिए । 

झापामा भारतको आसाम तथा पश्चिम बङ्गालका जङ्गलबाट मेची नदी तरेर हात्तीहरू खाना र बासको खोजीमा बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । 

तिवारीका अनुसार नेपाल–भारत सीमामा लगाइएको सोलार फेन्सिङ (बिजुलीको झट्का दिने तारबार) पुरानो र जीर्ण हुँदै गएकाले हात्तीहरू सजिलै नेपालतर्फ छिर्ने गरेका छन् । 

जिल्लामा वर्षेनि हात्तीको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनुका साथै लाखौँ रुपैयाँ बराबरको अन्नबाली र धनमालको क्षति हुने गरेको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १ : ५८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग