राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह « Khabarhub

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ।

राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ ।

त्यसैगरी, पीडितको अनुमति बिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न पनि परिषद्ले सामाजिक संघसंस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ ।

परिषद्ले विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो । 

परिषद्को वेबसाइटमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी आवश्यक सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ३ : २० बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग