बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन « Khabarhub

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न अहिले साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन सुरु गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । 

बाढीमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उनले बताए ।

दीप प्रज्वलनमा हजारौँ भक्तजनको सहभागिता रहेको छ । पशुपतिनाथस्थित वाग्मती तटमा आज बिहान विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि गरिएको थियो ।
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : ४४ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक