कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे « Khabarhub

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र एवम् सामाजिक सञ्जालमा लोकप्रिय पेज ‘रुटिन अफ नेपाल बन्द’ का एडमिन भिक्टर पौडेलले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकहरु पनि पुरानै दलका समर्थकको बाटोमा लागेको टिप्पणी गरेका छन् । पौडेलले सामाजिक सञ्जालमा रास्वपाका समर्थकको गतिविधिप्रति इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

खासगरी रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता आफन्तको खोजीका लागि गुहार मागिरहेका मानिसहरुलाई रास्वपा समर्थकले सामाजिक सञ्जालमा गालीगलौज गरेकोमा उनले असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन् । उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि फ्रस्टेसन पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो तर रास्वपा र सरकारका अन्ध समर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्कने काम गरेका छन् !’

यस्तै ‘झोले’ समर्थकका कारण कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत भएको भन्दै उनले अहिले रास्वापका ‘घण्टे’ समर्थकहरुले पनि त्यही बाटो पछ्याएको उनको टिप्पणी छ ।

पौडेलले काठमाडौं महानगरको मेयरमा उठेका बेला बालेनका लागि भोट मागेका थिए । पौडेलको विवाह समारोहमा समेत बालेन सहभागी भएर गालामा चुम्बन गरेको तस्बिर भाइरल भएको थियो । पछिल्लो समय बालेन प्रधानमन्त्री भएपछि भने पौडेल औपचारिक रुपमा बालेन निकट टिममा छैनन् ।

यसअघि प्रधानमन्त्री बालेनले पनि बाढीपीडितलाई लक्षित गर्दै रास्वपाका समर्थकले सामाजिक सञ्जालमा गालीगलौज गर्न थालेपछि सरकार निर्मम हुने चेतावनी दिएका थिए ।

शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री बालेनले पीडामा रहेका मानिसहरुमाथि सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका थिए । प्रधानमन्त्रीले ती अपराधीहरूप्रति सरकार निर्मम हुने बताएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : ५६ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको