रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता « Khabarhub

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको छ। घटनामा छ जना बेपत्ता छन् भने थप छ जना घाइते भएका छन्।

रुसी विपत् व्यवस्थापन मन्त्रालयका अनुसार ३३ जना आरोही रहेको समूहलाई हिमपहिरोले बगाएको थियो। हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको, छ जना घाइते भएको र अन्य छ जना बेपत्ता रहेको मन्त्रालयले सोमबार पुष्टि गरेको हो।

घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको मन्त्रालयले जनाएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।

कठिन पहाडी भूभाग र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। मौसम तथा भौगोलिक अवस्था अनुकूल भएसम्म बेपत्ताहरूको खोजी अभियान निरन्तर सञ्चालन गरिने जनाइएको छ।

घटनाको कारण र अन्य परिस्थितिबारे रुसी अनुसन्धान समितिले छानबिन सुरु गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ७ : ०६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले