सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ « Khabarhub

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देश छिट्टै  संकटबाट बाहिरिने विश्वास व्यक्त गरेका छन् ।

सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज, स्वयम्भूले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै सोमबार मन्त्री श्रेष्ठले सङ्कटको समयमा आपसी सहकार्य, समन्वय र हातेमालोले विपद्को सामना गर्न थप सहयोग पुग्ने बताए।

उहाँले देश सङ्कटमा परेका बेला सहयोगका लागि अघि सरेकोमा समाजप्रति धन्यवाद व्यक्त गरे।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि समाजले प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ सहयोग गरेको हो।

समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा बौद्ध लामाहरूले हालैको महाविपत्तिपछि सिर्जित सङ्कटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आशीर्वादसमेत दिएका थिए।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ७ : ४५ बजे

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय