भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन « Khabarhub

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका सदस्य सहदेव धमला, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो ।

कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए । कार्यक्रममा बेपत्ता भइरहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो । बाढीले नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो ।

बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको थियो । पर्यटन विभागका अनुसार उक्त घटनामा परेर हाल ३४ देशका ५८७ विदेशी नागरिक बेपत्ता भएका छन् । बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ८ : २८ बजे

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार