ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग « Khabarhub

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोग तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी ब्रह्माकुमारी किरण दिदीले उक्त रकमको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ।

सेवा केन्द्रका अनुसार भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले उक्त सहयोग रकम जुटाउन देश तथा विदेशमा रहेका ब्रह्माकुमार, ब्रह्माकुमारी तथा आस्थावान श्रद्धालुहरूको योगदान रहेको जनाएको छ।

सेवा केन्द्रले सहयोग रकम जुटाउन योगदान गर्ने सबै ब्रह्माकुमार, ब्रह्माकुमारी तथा श्रद्धालुप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावितको उद्धार, राहत तथा प्रभावित संरचनाको पुनर्निर्माणका लागि विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ९ : १६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने