नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ सशस्त्र गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको थियो।

त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा १२ सैनिक मारिएको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरले गिरोहको धम्कीलाई बेवास्ता गरेको विषयलाई लिएर बदलास्वरूप आक्रमण गरिएको बताएका छन्।

आक्रमणमा आफ्ना छोरासमेत मारिएको लवान वानजामले एएफपीलाई बताएका छन्। उनका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो।

उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय वर्षौंदेखि सशस्त्र गिरोहको हिंसाबाट प्रभावित छन्। गिरोहले गाउँमा आक्रमण गर्ने, स्थानीय बासिन्दालाई अपहरण गर्ने तथा घर लुटपाटपछि आगजनी गर्ने गरेका छन्।

अनौपचारिक सुन खानी क्षेत्रमा कार्यरत मजदुरलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन्। खानीस्थलमाथि नियन्त्रण कायम गर्ने र सुनबाट हिस्सा माग्ने उद्देश्यले उनीहरूले मजदुरमाथि आक्रमण गर्ने गरेको बताइएको छ।

घटनाबारे एएफपीले नाइजेरियाली सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : २८ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण