चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू) « Khabarhub

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी भार बोकेका सवारीसाधनको निगरानी गर्ने एकमात्र तौल स्टेसन तीन महिनादेखि बिग्रिएको छ । 

भरतपुर महानगरपालिका–१ आँपटारीस्थित तौलपुल स्टेसन बिम भाँचिएर असार १२ देखि सञ्चालनमा नहुँदा सडक सुरक्षामा थप जोखिम बढेको छ ।

तौल गर्न नपाउँदा बढी भार बोकेका सवारीसाधनको आवागमनमा नियन्त्रण कमजोर भएको स्टेसनका कम्प्युटर अपरेटर सरोज रानाले बताए ।

तौल स्टेसन सञ्चालनमा हुँदा निर्धारित क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनमाथि कारबाही हुने गरेको थियो । अहिले स्टेसन बिग्रिएपछि सडक सुरक्षासँगै सडकको आयु र यात्रुको सुरक्षामा समेत थप चुनौती देखिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पछिल्लो समय सडक भासिने तथा जोखिमयुक्त स्थान थपिँदै गएका छन् । सिमताल क्षेत्रमा सडक भासिएपछि यातायात एकतर्फी सञ्चालन गर्नुपरेको थियो । यसले यात्रु तथा सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।

तौल स्टेसन सञ्चालनमा हुँदा यहाँ ट्राफिक प्रहरीको समेत नियमित उपस्थिति रहने गरेको थियो । स्टेसनमा प्रहरीको पोस्टिङका लागि समेत प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले स्टेसन नै सञ्चालनमा नहुँदा ट्राफिक प्रहरीको उपस्थिति हटेको छ ।

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना न्यूनिकरण तथा बढी भार बोकेका सवारीसाधन नियन्त्रण गर्ने उद्देश्यले सरकारले २०७७ सालमा एक करोड २१ लाख ७३ हजार ६६५ रूपैयाँ लागतमा तौलपुल निर्माण गरेको थियो । ८० टन क्षमताको १८ मिटर लामो तौलपुल स्टेसनमा भार क्षमता मापन गर्न इलेक्ट्रो–मेकानिकल कन्ट्रोल रूमको व्यवस्था थियो । 

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : ३१ बजे

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत