खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु « Khabarhub

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय सिमलचौरस्थित आफ्नै खेत नजिकै लत्रिएको बिजुलीको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भण्डारी मङ्गलबार दिउँसो स्थानीय सिमलचौर र चापटारीस्थित खेतमा पानी लगाउन भनी घरबाट निस्किएको र साँझसम्म  घर नफर्किएपछि आफन्त र छरछिमेकले उनको खोजी गरेका थिए ।

खोजीकै क्रममा आज बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा उनलाई फेला परिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् । 

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ५७ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै