शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद् « Khabarhub

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले जनाएका छन् । मनसुन र पश्चिमी वायुका कारण देशभरी नै बादल लाग्ने पानी पर्ने भइरहेको मौसमविद् रोजन लामिछानेले बताए ।

अहिले बागमती प्रदेशको पश्चिमी भू–भागदेखि सुदूरपश्चिम प्रदेशसम्म नै बादल लागेको छ र केही ठाउँहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित पानी परिरहेको छ’, उनले भने, ‘कतिपय ठाउँमा मध्यम र कतिपय ठाउँमा भारी वर्षा भइरहेको देखिन्छ, कतिपय ठाउँमा असिना पर्ने सम्भावना पनि छ ।’

यसमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि रहेको उनले बताए । उनले आजको दिनमा बागमती प्रदेश र पश्चिमी क्षेत्रमा मौसम खराब रहेको पनि बताए ।

उनका अनुसार साँझसम्म मौसममा सुधार हुने र भोलिबाट फेरि बादल बन्ने र पानी पर्ने अवस्था रहेको छ । ‘शुक्रबारसम्म मौसम प्रणाली खराब छ, शनिबारबाट सुधार हुने देखिन्छ र आइतबारबाट राम्रो हुन्छ’, उनले भने ।

मौसमविद् लामिछानेले शुक्रबारसम्म पानी पर्ने र शनिबारबाट मात्रै सुधार हुने हुँदा धान काट्ने काम आइतबारबाट मात्रै गर्न राम्रो हुने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : २६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा