शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद् « Khabarhub

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले जनाएका छन् । मनसुन र पश्चिमी वायुका कारण देशभरी नै बादल लाग्ने पानी पर्ने भइरहेको मौसमविद् रोजन लामिछानेले बताए ।

अहिले बागमती प्रदेशको पश्चिमी भू–भागदेखि सुदूरपश्चिम प्रदेशसम्म नै बादल लागेको छ र केही ठाउँहरूमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित पानी परिरहेको छ’, उनले भने, ‘कतिपय ठाउँमा मध्यम र कतिपय ठाउँमा भारी वर्षा भइरहेको देखिन्छ, कतिपय ठाउँमा असिना पर्ने सम्भावना पनि छ ।’

यसमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि रहेको उनले बताए । उनले आजको दिनमा बागमती प्रदेश र पश्चिमी क्षेत्रमा मौसम खराब रहेको पनि बताए ।

उनका अनुसार साँझसम्म मौसममा सुधार हुने र भोलिबाट फेरि बादल बन्ने र पानी पर्ने अवस्था रहेको छ । ‘शुक्रबारसम्म मौसम प्रणाली खराब छ, शनिबारबाट सुधार हुने देखिन्छ र आइतबारबाट राम्रो हुन्छ’, उनले भने ।

मौसमविद् लामिछानेले शुक्रबारसम्म पानी पर्ने र शनिबारबाट मात्रै सुधार हुने हुँदा धान काट्ने काम आइतबारबाट मात्रै गर्न राम्रो हुने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : २६ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल