कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार मंगलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला) तथा समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागत)तर्फ उम्मेदवारी दिएका छन्। कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएकी छन्।

उम्मेदवारी दिने सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध छन्। राणा युनियनका केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन्।

यसअघि विशेष महाधिवेशनबाट अधिकारी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्‌घाटन असोज १८ गते भएको थियो। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ४३ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको