कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार मंगलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पत्रकार अजयबाबु शिवाकोटीले सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै, वरिष्ठ पत्रकार कविर राणाले केन्द्रीय सदस्य (खुला) तथा समिरजङ्ग शाह, शिव लम्साल र बाला अधिकारीले केन्द्रीय सदस्य (पेसागत)तर्फ उम्मेदवारी दिएका छन्। कमला हमालले केन्द्रीय सदस्य (युवा, महिला ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएकी छन्।

उम्मेदवारी दिने सबै जना कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनसँग आबद्ध छन्। राणा युनियनका केन्द्रीय सल्लाहकार हुन् भने शाह पूर्वअध्यक्ष, लम्साल वर्तमान अध्यक्ष, अधिकारी पूर्वअध्यक्ष र हमाल वर्तमान केन्द्रीय सदस्य हुन्।

यसअघि विशेष महाधिवेशनबाट अधिकारी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्‌घाटन असोज १८ गते भएको थियो। नयाँ नेतृत्व चयनका लागि भोलि बिहान ७ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ४३ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६