ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू « Khabarhub

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।  

चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । 

दैनिक सुरक्षा ड्यूटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस विशेष सुरक्षा योजनामा खटिएको उनले बताए । 

उनले सर्वसाधारणको बढी भीडभाड हुने ठाउँहरू सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपहरूलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे । 

२४ वटा मुख्य स्थानहरूमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल र एउटा पैदल गस्ती खटाइएको ललितपुर प्रहरीले जनाएको छ । 

त्यसैगरि संदिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको तथा यात्रुबहाक गाडीहरूमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरीहरू यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको एसपी मिश्रले जानकारी दिए । 

त्यस्तै २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट निगरानी गरिनुका साथै भीडभाड हुने र पूजाआजा हुने ठाउँहरूमा ड्रोनबाट समेत अनुगमन गरिने ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : २५ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका