ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू « Khabarhub

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।  

चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए । 

दैनिक सुरक्षा ड्यूटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस विशेष सुरक्षा योजनामा खटिएको उनले बताए । 

उनले सर्वसाधारणको बढी भीडभाड हुने ठाउँहरू सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपहरूलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे । 

२४ वटा मुख्य स्थानहरूमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल र एउटा पैदल गस्ती खटाइएको ललितपुर प्रहरीले जनाएको छ । 

त्यसैगरि संदिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको तथा यात्रुबहाक गाडीहरूमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरीहरू यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको एसपी मिश्रले जानकारी दिए । 

त्यस्तै २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट निगरानी गरिनुका साथै भीडभाड हुने र पूजाआजा हुने ठाउँहरूमा ड्रोनबाट समेत अनुगमन गरिने ललितपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : २५ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल